दफा १८
लगानीकर्ता हिसाब योजना वा नागरिक एकाङ्क योजनामा रकम जम्मा गर्ने व्यवस्था
(१) स्वदेश तथा विदेशमा बसोबास गरेका नेपाली नागरिक वा अन्य कुनै विदेशी लगानीकर्ताले लगानीकर्ता हिसाब योजना वा नागरिक एकाङ्क योजनामा कोषले निर्धारण गरे बमोजिम रकम जम्मा गर्न सक्नेछ ।
(२) विदेशमा बसोबास गरेका नेपाली वा अन्य कुनै विदेशी लगानीकर्ताले उपदफा (१) बमोजिम लगानीकर्ता हिसाब योजना र नागरिक एकाङ्क योजनामा रकम जम्मा गर्दा परिवत्र्य विदेशी मुद्रामा समेत जम्मा गर्न सक्नेछ ।
(३) लगानीकर्ता हिसाब योजना वा नागरिक एकाङ्क योजनामा विदेशी मुद्रामा जम्मा हुने रकम र विदेशी मुद्रामा नै फिर्ता भुक्तानी गर्ने शर्त राखी योजना सञ्चालन गर्नु पूर्व कोषले नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिनु पर्नेछ ।